Wednesday, November 29, 2017

नेपाल राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्र भनेको के हो ?

बचतपत्र वैदेशिक रोजगारीमा गएका मानिसहरुको लागि आफुले दुख गरेर कमाएको पैसालाई भविष्यको लागि सुरक्षित गर्ने माध्यम हो ।

वैदेशिक रोजगार बचतपत्र के हो ?

सरकारले आफूलाई पैसा आवश्यक पर्दा जनताबाट ऋण लिने एक तरिका हो
हामीले राष्ट्र बैंकलाई पैसा दिए पछि राष्ट्र बैंकले हामीलाई बचत गरेको भनि एउटा प्रमाण पत्र दिन्छ । यो प्रमाण पत्रलाई बचतपत्र भनिन्छ ।
यसलाई बचतपत्रको समय नसकिएसम्म सुरक्षित राख्नु पर्छ।
निश्चित समय सकिएपछि यो बचतपत्र देखाई तपाईले दिएको पैसा ब्याज सहित फिर्ता पाउन सक्नुहुन्छ
राष्ट्र बैंकको वैदेशिक रोजगार बचतपत्र करिव ५ वर्षको लागि खुल्ला गरिएको हुन्छ
आफुले राखेको रकम बराबरको ब्याज तपाइले करिव ६/६ महिनामा आफ्नो बैंक खातामा पाउन सक्नु हुन्छ
२०७३ साल चैत्र २ गते खुलेको बचत पत्रमा १०% ब्याजदर दिने व्यवस्था गरिएको  छ
कसले किन्न पाउछ ?

वैदेशिक रोजगारीमा भएका नेपाली नागरिकहरुले र वैदेशिक रोजगारीबाट नेपाल फर्केको ४ महिना भन्दा बढी नभएको व्यक्तिले
वैदेशिक रोजगारीमा भएको व्यक्तिको बाबु-आमा, श्रीमान-श्रीमती वा छोरा-छोरिले आफ्नो नाममा पनि किन्न पाउछन्
कति पैसा चाहिन्छ ?

बचतपत्रको आवेदन माग गर्दा नै कम्तिमा यति रकम बचत गर्नु पर्ने र सो भन्दा बढी पनि किन्न पाइन्छ भनेर माग गरिएको हुन्छ
जस्तै कम्तिमा ५ हजार भनिएको छ भने त्यो भन्दा बढीको बचतपत्र किन्दा ५ हजार ले निशेष भाग जाने हुनु पर्छ (जस्तै १० हजार, १५ हजार, २० हजार, २५ हजार, ३० हजार आदि)
तपाईले आवेदन दिदा आवश्यक कागजात सहित पैसा पनि सुरुमै जम्मा गर्नु पर्छ
प्रस्ताव गरेको पुरै रकमको बचतपत्र किन्न पाउनु हुन्छ भन्ने हुदैन
कसलाई कति रकम बराबरको बचतपत्र दिने भनि राष्ट्र बैंकले आफै निर्णय गर्छ
धेरै जसो यस्तो बेला सके-सम्म सबैलाई थोरै थोरै पर्ने गरि दिइन्छ
यदि तपाइको पैसा बढी भएमा फिर्ता पाइन्छ
बचत पत्र कहाँ किन्न सकिन्छ ?

यसका लागि आवेदन माग गर्दा नै फर्म पाइने ठाउँहरु पनि तोकिएको हुन्छ
यसका लागि देश भित्र र बाहिर (आफू काम गरि रहेको देशमा) पनि फर्म पाइने ठाउँहरु हुन्छन्
यी ठाउँहरु प्राय गरेर देश भित्र र बाहिर रहेका प्राइभेट बैंक वा रेमिट्यान्स् कम्पनीहरु नै हुन्छन्
किन्नलाई के-के कागजपत्र चाहिन्छ?

राहदानी
तपाईं काम गरिरहनुभएको देशको भिसा
तपाईं काम गर्ने कम्पनीले दिएको म्याद ननाघेको परिचयपत्र
२ प्रति पासपोर्ट साईजको फोटो
विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही (साटेको) रसिद । अथवा यदि नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर
यदि तपाईंको परिवारका सदस्यका नाममा किन्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणितको कागजात
नाबालकको नाममा किन्ने हो भने जन्मदर्ताको प्रमाणपत्र
बचत पत्र किने पछि बेच्न मिल्छ कि मिल्दैन

मिल्छ, बचतपत्र किन्दा प्रमिशरी नोट र स्टक गरि दुई प्रकारमा किन्न सकिन्छ
प्रमिशरी नोट विशेष गरि साक्षर मानिसहरुको लागि हो, यो आफैले किनबेच पनि गर्न सकिन्छ
स्टक विशेष गरि निरक्षर(पढ्न नसक्ने) मानिसहरुको लागि हो, यसको किनबेच गर्न राष्ट्रऋण व्यवस्थापन विभाग वा स्वीकृति प्राप्त कार्यालयहरुमा जानु पर्छ
बचतपत्र लिनुहोस् भनेर सरकारले आव्हान गरेको कसरी थाहा पाउने ?

पत्रपत्रिका तथा एफएम लगायत संचार माध्यमहरुमा सरकारले जानकारी दिन्छ
राष्ट्र बैंकको वेबसाइटबाट पनि यसको बारेमा हेर्न मिल्छ

थप जानकारीको लागि नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण मार्गदर्शन २०६० पढ्नुहोला




Source : नेपाल राष्ट्र बैंक

No comments:

Post a Comment

Narou Timi | New Nepali Adhunik Song 2017/2074 | Nikhita Thapa Ft. Swastima, Aakash

Lyric            नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ नरोउ तिमी ,भन्छौ भने हस्ने आधार  देखाइदेउ मेरो कुरा मान्छौ भने मेरो नाउ ...